AArya
RUMPUM
animated ellipse animated ellipse

चैत ४ गते देखि ‘यो साइनो मायाको’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७३, बिहीबार १७:१५
3
Shares
विराटनगर, १२ फागुन / प्रेम कथामा आधारित चलचित्र ‘यो साइनो मायाको ’ चैत ४ गते रिलिज हुने भएको छ । आयोजकले बिहिवार विराटनगरमा पत्रकार सम्मेलन गरी चलचित्र रिलिज हुने समयको जानकारी गराएको हो ।

निमार्ण यूनिटले  काठमाण्डौको मल्टिफिलेक्स देखी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनी हुने जानकारी गराएको हो ।

अरुण प्रधानले निर्देशन गरेकोे चलचित्रमा पूर्वका कलाकारहरुको बहुलेता रहेको छ । पूर्वको पर्यटकिय स्थलमा छायाँकन गरिएको चलचित्रलाई निर्देशक प्रधानले अहिले यूवा पुस्ताले गर्ने माया प्रेमको कथालाई सरल ढङ्गले उतार्न सफल भएका छन ।

चलचत्रिको नायकमा जतिन ताम्राकार रहेका छन् भने नायिकामा रेश्मा घिमिरे रहेकी छिन् । नेपाली चलचित्रमा उनीहरुले यो साइनो माया कोबाट डेब्यू गरेका हुन ।

मोफसलमा रहि कलाकारिता क्षेत्रमा आफ्नो कर्म थलो बनाएका नयाँ अनुहारको कलाकारहरुलाई स्थान दिएको चलचित्रमा उनीहरुले गरेको अभिनयलाई तारिफ गर्ने योग्य रहेको देखिन्छ ।

मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको चलचित्र पठ्कथा सम्बाद पनि निर्देशक प्रधानले गरेका हुन । चलचित्रको अन्य कलाकारहरुमा नबनिताराज प्रधान, राजु भुजेल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा रहेका छन् ।

चलचत्रिको संगीत कुन्दन थापा र बिकेस केशंकरले दिएका छन् भने शिव परिया, मनिषा पोखरेल, कोसिश क्षेत्री, मेलिना राई, बिकेश के शंकर, ज्योती सुब्बाले स्वर दिएका छन् ।
पुर्वको पर्यटकीय क्षेत्र धरान, धनकुटा, विराटनगरलगायतको विभिन्न स्थानमा छायाँकन गरिएको चलचित्रको लगानि करिब ६५ लाख रुपैयाँ खर्च भएको निमार्ण यूनिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर