काठमाडौं, फागुन ११ / ट्यांकर चालकहरु आन्दोलन भएको मौका पारि पेट्रोलियम ढुवानी ब्यवसायीले पनि आन्दोलनको घोषणा गरेको छन् ।
नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघले केही दिनअघि नै ४५ दिनको अल्टिमेटम दिँदै निगममा विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका छन् । र, ब्यवसायीहरुले कमिसन बढाउनुपर्ने माग पुरा नभए तेलको ढुवानी ठप्प पार्ने चेतावनी दिएको आयल निगम स्रोतले जानकारी दियो ।
निगमले ल्याएको ढुवानी बिनियमावलीमा असहमित जनाउँदै उनीहरुले चालकहरुको जसतै विभिन्न माग राखेका छन् । उनीहरुले २० वर्ष पुराना ट्याकंर चलाउन पाउनुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।
निगमले उनीहरुको मागबारे अध्ययन गर्न एक समिति पनि बनाएको छ । यो समितिले ब्यवसायीले ढुवानीमा पाउँदै आएको कमिसनलाई ५ प्रतिशतसम्म र्पुयाउनु पर्ने माग गरेका छन् ।
अहिले पेट्रोलियम ढुवानीमा ब्यवसायीहरुले ३ देखि ३.५ प्रशितसम्म कमिसन पाउँदै आएका छन् । उनीहरुले ढुवानीका क्रममा प्राविधिक रुपमा हुने नोक्सानीलाई फेरि अध्ययन गरेर ढुवानी लागतको समेत हिसाब जोडेर कमिसन बढाउन माग गरेका छन् ।
निगमले ब्यवसायीको माग पुरा गर्नेबारे अध्ययन गर्न बनाएको समितिले अबको १५ दिनभित्र प्रतिवेदन दिनेछ । त्यसलगत्तै उनीहरुको कमिसन बढाउने प्रस्ताव निगमको सञ्चालक सहितमा पेश गरिने छ ।