उर्जा क्षेत्रको क्रान्ति नगरी औद्योगिक विकास नहुने-उर्जामन्त्री शर्माले
खबर पूर्वाञ्चल
११ फाल्गुन २०७३, बुधबार १९:०५
3
Shares
विराटनगर,फागुन ११ /उद्योग संगठन मोरङको आयोजनमा कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो २०७३ विराटनगरमा सुरु भएको छ ।
उर्जामन्त्री जनादर्न शर्माले बुधबार उदघाटन गरेको एक्स्पो एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
एक्स्पोको उदघाटन गर्दै मन्त्री शर्माले आर्थिक विकासको लागि अहिलेको संविधानले मार्ग प्रस्त गरेको बताए ।
संविधानले समाजवाद उन्मुख मुलुकको कल्पना गरेको बताउँदै उनले त्यसको लागि औद्योगीकरण आवश्यक रहेको जोड दिए । उर्जा क्षेत्रको क्रान्ति नगरी औद्योगिक विकास नहुने भन्दै उनले अब क्रान्तिकारी उर्जा अभियान थाल्नुपर्ने बताए ।
औद्योगिक विकासदेखि आर्थिक विकासको लागि उर्जा महत्वपूर्ण रहेकोे भन्दै मन्त्री शर्माले उर्जा क्रान्तिको लागि सबैको साथ सहयोग चाहिएको बताए । चालु आर्थिक वर्षभित्रमै अरुण, तमर, सुनकोशी, कोशी जस्ता ७ वटा ठूला जलविद्युत परियोजना सुरु हुने जानकारी दिँदै उनले त्यसबाट देशको लोडसेडिङ अन्त्य भई विद्युत निर्यात गर्ने अवस्था आउने उल्लेख गरे ।
मन्त्री शर्माले संविधान संशोधनको प्रक्रिया बुधबारदेखि अगाडि बढेकोले स्थानीय निकायको निर्वाचनमा सबै दलको सहभागिता हुने विश्वाससमेत व्यक्त
गरे ।
मधेशी, आदिवासी जनजातिको मागलाई सम्बोधन गरेर सरकारले
सबै दललाई समेटेर निर्वाचनमा लाने तयारीमा लागिसकेकोे उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले आर्थिक विकाससँगै औद्योगिक विकासको लागि स्थिर राजनैतिक व्यवस्था आवश्यक रहेको बताए । उनले स्थिरता नहुँदा आर्थिक क्रान्ति हुन नसकेको र श्रम ऐन
कार्यान्वयन नहुँदा मजदुरको समस्या अनत्य नभएकोले सरकारले त्यसमा ध्यान दिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा र किशोर प्रधानले औद्योगिक क्षेत्रको विकासको लागि यस्तो प्रदर्शनी आवश्यक रहेको
बताएका छन् ।
एक हप्तासम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी र विदेशी गरि २ सय
५४ वटा स्टल रहेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले जानकारी
दिए ।