AArya
RUMPUM
animated ellipse animated ellipse

बिजेता बनाईदन्छु भन्दै १० लाख रुपैयाँ मागेको खुलासा , कारवाहीको माग राख्दै मोरङ प्रशासनमा उजुरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७३, मंगलवार १८:४७
3
Shares
विराटनगर, फागुन १० / पछिल्लो सयम विराटनगरमा सुन्दरी प्रतियोगिता गर्ने लहर चल्न थालेको छ । एक पछि अर्को हुँदै यस्तो प्रतियोगिताले निरन्तरा पाएको छ ।
गुणस्तरमा ध्यान नदिता कतिपय प्रतियोगिता विभादमा आउने गरेको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा हालै सम्पन्न भएको मिस कोशी २०१७ विभादमा आएको छ ।
आयोजकले एक प्रतियोगिलाई १० लाख रुपैयाँ दिए मिस कोशीको बिजेता बनाईदिने रहस्य खुलासा भएको छ । प्रतियोगिताको बिजेता तथा अन्य उपाधि जिताउन प्रतियोगिबाट कसैलाई ४ लाख र कसैलाई ५ लाख रुपैयाँ मागेको सामाजिक सञ्जाल फेसबुक र मोबाइलबाट बाहिरिएपछि आयोजक बिभादमा तानिएको छ ।
प्रतियोगितामा सहभागी हुन काठमाण्डौबाट विराटनगर आएकी प्रतिष्पर्धी रिया चन्दले आफुलाई उपाधि जिताउन १० लाख रुपैया मागेको बताइन । उनले भनिन ‘मलाई आयोजकले बिभिन्न बाहनामा पैसा मागे । २० हजार त बुझाए, तर फेरि पैसा मागिएपछि हामीले प्रशासनमा उजुरी गरे ।’ यसरी बिजेता बनाई दिने नाममा ठगि गरेको भन्दै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा कारवाहीको माग राख्दै उजुरी समेत दर्ता गराएकी छिन् । चन्दका अनुसार प्रतियोगितामा सहभागी कसैसँग ७ लाख, कसैसँग १ लाख रुपैया मागेको बताइन ।
प्रतियोगितामा सहभागी प्राय सबैसँग रकम मागिएको खुलेपछि उनीहरुले सोमबार सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पत्र लेख्दै ब्युटी प्याजेन्टको नाममा जय मिडिया उपर छानविन गरि कारबाही गर्न निर्देशन दिएको छ । प्रशासनले आगामी दिनमा समेत यस प्रकारको कार्यक्रमलाई रोक्न निर्देशन दिएको छ ।
प्रतियोगितामा सहभागी भएका १५ जना प्रतिष्पर्धाहरुले मंगलबार भेला भएर सामुहिक रुपमा प्रशासनलाई दोषी उपर कारबाही गर्न दवाव दिएका थिए । स्थानीय नेपाल बजारमा भेला भएका उनीहरुले हजार रुपैया दरको टिकट प्रति प्रतिष्पर्धी १० वटा बिक्री गर्न दवाव दिएको, प्रशासनमा उजुरी गरे पश्चात अपहरण गर्ने धम्की दिएको समेत गुनासो गरे ।
प्रतिष्पर्धी रिया चन्दले आयोजकका कर्मचारी अविजित बुढाथोकीले पटक पटक रकम मागेको दावी गरिन् । यस बिषयमा प्रतिक्रिया लिन खोज्दा जय मिडियाका सञ्चालक जय राज रोयले फोन उठाएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर