रबिन्द्र बराल
रंगेली,फागुन ९ । मोरङ प्रहरीले दक्षिणपूर्वी गाविस डायनियामा लगाएको अफिम खेती नष्ट गरेको छ ।
लागूऔषध मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ प्रहरी सञ्चालन गरेको अभियानका क्रममा मोरङको डायनिया – ६ स्थित ६ कठ्ठा ऐलानी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको हो ।
छिटपुट रुपमा अवैध रुपमा लागू औषध अफिम खेती गरिएको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सहितको प्रहरी टोली सोमवार अफिम नष्ट गरिएको हो ।