AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेजमा महाबिर पुन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७३, सोमबार १७:२०
3
Shares
बिराटनगर, फाल्गुन ९/ विराटनगरमा रहेको मेरिल्याण्ड कलेजमा एशियाको नोबल पुरस्कार भनेर चिनिएको म्यागासेसे पुरस्कारबाट पुरस्कृत महाबीर पुनसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कलेजमा अध्ययनरत ८० बिद्यार्थीहरुसँग पुनले राष्ट्रिय अविस्कार केन्द्र बनाउने अभियानको बारेमा अन्तरक्रिया गरेका थिए । युवाहरु विदेश पलायन भईरहेको अहिलेको अवस्थामा देशमा राष्ट्रिय अविस्कार केन्द्रको स्थापना गर्न सकिए देशमा रोजगारी तथो अर्थतन्त्रमा पनि सुधार हुने पुनले बताए ।
पुन अहिले बिभिन ठाउँमा राष्ट्रिय अविस्कार केन्द्र बनाउनका लागि सहयोगी हात खोज्ने अभियानमा लागेका छन् । जनताबाटै यो अभियान सफल बनाउनेमा उनि ढुक्क रहेको बताए । कलेजका बिद्यार्थीहरुले पुनसँग अन्तरक्रियामा धेरै कुरा सिक्न पाएको मेरिल्याण्ड कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर