AArya
RUMPUM
animated ellipse animated ellipse

५९ पदकालागि ९९ जनाको उम्मेद्वारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०७३, शुक्रबार २२:२९
3
Shares
पुष्पराज थपलिया
विराटनगर, फागुन ६ / शनिबार हुने नेपाल पत्रकार महासंघ मोरङ शाखाको नयाँ नेतृत्वकोलागि बन्धु पोखरेल र अनन्त नेउपाने चुनावी मैदानमा उत्रेका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलले पोखरेलको नेतृत्वमा उमेद्वारी दिएको छ भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलले नेउपानेको नेतृतवमा चुनावी मेदानमा उत्रेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखा चुनावी मैदाामा उत्रीने सवैले आज दिउँसो उम्मेद्वारी मनोनित दर्ता गरेका छन् । १७ कार्य समितिमा ३५, १८ केन्द्रिय पार्षद(सभासद) मा २९ र २४ प्रदेश पार्षद(सभासद)मा ३५ जनाले उम्मेद्वारी दर्ता गरेका निर्वाचन समितिले जनाएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलबाट महासंघको अध्यक्षमा बन्धु पोखरेल, उपाध्यक्ष नवराज कट्टेल महिला उपाध्यक्ष ईन्दिरा भट्टराई, सचिब अर्जुनकुमार आचार्य, सह–सचिब सन्तोष राई समावसी सहसचिब सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देलको उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै सदस्यहरुमा ध्रुब भट्टराई, श्रीमन्त भट्टराई, सुमन घिमिरे, सरोज बस्नेत, हरि अधिकारी, शंशान्क पौडेल, महिला सदस्यमा ज्योति चौहान, मधेशी सदस्यमा नविन कर्ण, जनजाति सदस्यमा प्रेम देवान र दलित सदस्यमा किशोर विश्वकर्माको उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा प्रेस चौतारीको तर्फबाट यज्ञ शर्मा, महेन्द्र बिष्ट, विक्रम लुइँटेल, ललिता भट्टराई, किशोर बुढाथोकी, शान्ति दाहाल, तिलकुमारी शर्मा छने भने प्रेस सेन्टरको तर्फबाट विवेक गौतम, भक्तशेर लिम्बू, गोकुल पराजुली, अम्बिका भण्डारी रहेका छन् ।
त्यसैगरी प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलले महासंघको अध्यक्षमा अन्नतराज न्यौपाने, उपाध्यक्ष कुमोद अधिकारी, महिला उपाध्यक्ष शुसिला पाठक, सचिब सुवास कार्की, सहसचिब किरण न्यौपाने, समावेशी सह–सचिब जितेन्द्र ठाकुर र कोषाध्यक्षमा अरबेन्द्र मेहताको उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी खुला सदस्यतर्फ कौशल निरौला, गोपाल काफ्ले, यज्ञ अधिकारी, तेजन खड्का, विवेक मिश्र र नारायण राई, महिला सदस्यमा तारा आचार्य, समावेशी दलित सदस्यमा पदम सरदारको उम्मेदवारी घोषणा गरिएको छ । समावेशी मधेशी कोटाको सदस्य पदको टुंगो लाग्न भने बाँकी रहेको छ भने सह–सचिवमा स्वतन्त्रबाट ईश्वर भट्टराईले उम्मेद्वारी मनोनित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर