RUMPUM
animated ellipse animated ellipse

५१ केजी चरेस सहित ५ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०७३, शुक्रबार १७:२३
3
Shares
विराटनगर, फागुन ६ / जिल्ला प्रहरी कार्यलयले विहिबार विराटनगरमा पक्राउ परेका लागु औषध कारोबारीलाई आज सार्वजनिक गरेको छ ।
विराटनगर १५ मा रहेको एक होटलमा विहिबार प्रहरीले छापा मार्दा ५ जना लागु औषध सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुसँग ५१ के.जी ४ सय ग्राम लागु औषध चरेस सहित पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भैरहेको मोरङ प्रहरीका प्रमुख योगेन्द्रसिंह थापाले बताए ।
पक्राउ पर्नेमा मकवानपुर टिष्टङ गा.बि.स.का १८ बर्षिय प्रताप सिंह गोले र १९ बर्षिय बुद्ध बम्जन, काभ्रेपलान्चोक नयाँगाउ देउपुर गा.बि.स.का १८ बर्षिय राम गुरुङ र १७ बर्षिय अरुण गुरुङ तथा धादिङ भुमेस्थान गा.बि.स. का १८ बर्षिय मिलन राउतलाई आज सार्वजनिक गरेको हो ।
यस अघि पनि मोरङ प्रहरीले पुस ६ बिराटनगर २१ स्थित दुई नम्बर ढाटबाट भारत लैजादै गरेको लागूऔषध चरेस ३ के.जि. ४५ ग्राम सहित भारतिय कोलकत्ता २५ बर्षिय का शेख रिमादलाई पक्राउ ठुलो सफलता हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर