AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा भलिबल प्रशिक्षण केन्द्रको उदघाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०७३, बिहीबार १७:०१
3
Shares
विराटनगर, फागुन ५ /मोरङ जिल्ला भलिबल सँघको आयोजना सञ्चालित विराटनगरमा भलिबल प्रशिक्षण केन्द्रको उदघाटन भएको छ ।
सत्यनारायण स्कूलले उपलब्ध गराएको खेल मैदानमा सँघकै करीब ३० हजार लागतमा बनेको भलिबल कोर्ट नेपालका पूर्व भलिबलका खेलाडि दिपक सापकोटाले उदघाटन गरेका थिए । उदघाटन गर्दै सापकोटाले यस्ता खाले प प्रशिक्षण केन्दले खेलाडि उत्पाद गर्न समहयोग पुग्ने बताए ।
कार्यक्रममा मोरङ जिल्ला भलिबल सँघका अध्यक्ष हरिश्चन्द्र कोइराला,भलिबल संघका केन्द्रिय सदस्य लेखनाथ पराजुलि, भलिबल सँघ पूर्वाञ्चलका अध्यक्ष विश्वराज धिमाल र भलिबलका प्रमुख प्रशिक्षक विरेन्द्र चौधरीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।
प्रशिक्षण लिन आउने विद्यार्थीहरुलाई निःशुल्क प्रशिक्षण दिने मोरङ जिल्ला भलिबल सँघका सचिन हरि सिवाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर