AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी क्याम्पसमा अनेरास्ववियुको उम्मेद्वारी घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७३, बुधबार २१:१५
3
Shares
उर्लाबारी, फागुन ४ / नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पसले आज उम्मेद्वारी घोषणाका साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अगामी फागुन १४ गते हुने स्ववियु निर्बाचनका लागि उम्मेदवारी अनेरास्वबियुले आफ्नो उम्मेद्वार हरुको नाम घोषणा गरेको हो । अनेरास्ववियुले सभापतिमा गणेश घिमिरे, उपसभापतिमा हेमन लिम्बु, सचिवमा सुनिल धिमाल, सहसचिवमा नवराज अधिकारी र कोषाध्यक्षमा ज्योति चौहानलाई उठाउने घोषणा गरेको हो । त्यसैगरी सदस्यहरुमा रामु तिवारी, रुषा भण्डारी, उचित अर्याल, तुलसा निरौला र सरस्वती गुरागाईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
त्यस्तै समानुपातिक सदस्यतर्फ डिल्लीराम पोखरेल, ममता राई, समिक्षा भण्डारी, नुनिता पोखरेल र अञ्जली श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । क्याम्पस ईकाइ अध्यक्ष गणेश घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष रामकुमारी झाँक्री, केन्द्रीय सचिव ओसिम आलम, पूर्व स्ववियु सभापति महेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर