विराटनगर, फागुन ४ / रेमीट बचत तथा ऋण सहकारी संस्था झोराहाटले पाचौं बार्षिकोत्सवको अवसरमा आज मोरङको झोराहाटमा वृहत शिविर संचालन गरेको छ ।
रेमीट बचत तथा ऋण सहकारी संस्थाले ५ औं बार्षिकोत्सवको अवसर पारेर शिविर संचालन गरेको हो । शिविरमा ६ सय बढी विरामीले स्वास्थ्य लाभ लिएका छन् । नोबेल मेडीकल कलेज तथा टिचिङ अस्पतालका डाक्टर सचितानन्द साह,डाक्टर सुरेन्द्र सुमन, डाक्टर रञ्जना मण्डल,डाक्टर रामप्रसाद यादव लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
रेमीट बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष उमा घिमिरेले गाउँका सर्वसधणलाई सेवा दिन शिविर संचालन गरेको जानकारी दिइनन् । शिविरमा आँखाका बिरामी,हाडजोर्नी तथा नशा सम्बन्धी बिरामी पाठेघरको समस्या भएका बिरामीहरु बढी पाइएको विशेषज्ञ टोलीले जनाएको छ । रेमीट बचत तथा ऋण सहकारी संस्था झोराहाटले बाषिकोत्सवको अवसरमा गतबर्षहरुमा पनि सामाजिक कार्य गर्दे आएको छ ।