AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डाँगिहाटमा सिर्जनाको शाखा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७३, मंगलवार १७:५८
3
Shares
विवेक मिश्र
लक्ष्मीमार्ग, फागुन ३ / सिर्जना फाईनान्स लिमिटेडले मोरङको डाँगिहाट लक्ष्मीमार्गमा आफ्नो नयाँ शाखा आजदेखि सञ्चालनमा ल्याएको छ ।
मोरङ व्यापार संघका बरिष्ट उपाध्यक्ष राजेन्द्र राउतले एक समारोह बिच उक्त शाखाको उद्घाटन गरेका छन् ।
डाँगिहाट, बाहुनी, बेलबारी, भााउन्ने, लेटाङ, केरौन लगायत भेगका जनतालाई सरल बैंकिङ सेवा दिनका लागी सिर्जना फाईनान्सले डाँगिहाटको लक्ष्मीमार्गमा शाखा सञ्चालनमा ल्याएको हो ।
सिर्जना फाईनान्सले शहरोन्मुख ग्रामिण क्षेत्रहरुका बजारमा आफ्ना शाखाहरु क्रमिक रुपमा विस्तार गर्दै लैजाने योजना रहेको कुरा अध्यक्ष सुयस प्याकुरेलले बताए ।
बिराटनगर, कञ्चनबारी, कर्सिया, दुहवी, राजविराज, भारदह,कञ्चनपुर, कल्याणपुरमा शाखाहरु संचालन गर्दै आएको सिर्जना फाईनान्सले अबको एक महिनाभित्र रंगेली, पथरी, सलकपुर, इनरुवा, हरिनगर, महेन्द्रनगर, लौकही, सप्तकोशी, बोदे, पातो लगायतमा शाखा संञ्चालनमा ल्याउदै गरेको अध्यक्ष प्याकुरेलले घोषण गरे ।
अध्यक्षका अनुसार सिर्जनाले आफ्ना ग्राहकलाई एटिएम, मोवाईल बैकिंङ लगायत अत्याधुनीक बैकिङ सेवाहरु उपलब्ध गराउदै नेपालको अग्रणी संस्था बनाउने उदेश्य लिएको बताए ।
साठिहजार ग्राहकहरुलाई सेवा दिदै आएको यस फाईनान्सले २०७३ पौषमा दुई अर्व पचास करोड कर्जा लगानी गरेको छ भने खुद मुनाफा नौ करोड बाह्र लाख गरेको फाईनान्सका कार्यकारी प्रमुख भवानी शंकर चापागाँइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर