विराटनगर, फागु ३ / विराटनगर– ५ मा रहेको अन्नपूर्ण एकाडेमिले सप्ताहब्यापि स्पोर्टस् मिट २०७३ शूरु गरेको छ ।
स्कूल परिसरमा मंगलबार एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट शूर गरेको हो ।
स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका सस्थापक प्रिन्सिपल अमिस रेग्मीले जानकारी दिए ।
सात दिन सम्म सञ्चालन हुने स्पोटर््स मिटमा १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, रिले दौड, हाई जम्प, लङजम्प, सटपुट, ज्याभ्लिङ थ्रो, भलिबल, टेबलटेनिस, टेबल सकर, फुटबल, चस, बास्केटबललगायतका, प्रतियोगिता रहेको छ ।