AArya
RUMPUM
animated ellipse animated ellipse

‘तारेभीर’ विशेष शो देखाइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७३, सोमबार १८:४६
3
Shares
विराटनगर, फागुन २ / प्रेम सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘तारेभीर’ विशेष शो धरानमा देखाइएको छ ।
धरानमा रहेको गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरु बिचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो ।
आउँदो जेठ २९ गतेदेखि देशभरीको हलबाट रिलीज हुने चलचित्र एक्शनलाई प्राथमिकता दिईएको छ । समाजमा घटिएको विसंगति र अपराधलाई न्यूनिकण गर्न एक प्रहरी इङलिसप्याक्टले देखाएको भूमिका चलचित्रमा देखाइएको छ ।
चलचित्रको निर्माता देउ कृष्ण देवान रहेका छन् । निर्माता देवानको अनुसार झापाको दमकमा पनि चाँडै यस चलचित्रको विशेष शो हुने जानकारी दिए । चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित राना लगायत कलाकारहरुले लीड रोलमा अभिनय गरेका छन् ।
फिल्मलाई नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको प्रस्तुतिमा डियो कृष्ण दिवानले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर