पूर्वाञ्चल खबर
२८ माघ २०७३, शुक्रबार २२:१४
फाइल तस्वीर
काठमाडौं,माघ २८ / नेपालका यूवा लेग स्पिनर सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।
‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सार्वजनिक गरेको सूची नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका हुन् ।
सन्दिप सूचीको ३० औं नम्बरमा परेका छन् । १६ लामिछानेलाई अल आउट क्रिकेटले भविश्यको यासिर साह भनेको छ ।
विश्वभरका क्रिकेट लेखकहरुको मतका आधारमा ‘अल आउट क्रिकेट’ले यो सूची बनाइएको हो ।
अहिलेसम्म २० जनाको नाम सार्वजनिक गरिएको छ र, शीर्ष १० को नाम आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?