AArya
RUMPUM
animated ellipse animated ellipse

‘नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७३, शुक्रबार २०:३८
27
Shares
गोपाल काफ्ले
पथरी माघ २८ / संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना रहेको बताएका छन् । बुधबार मोरङको होक्लाबारीमा आयोजित श्रीमद्भागवत महापुराणको उद्घाटन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन ।
मन्त्री शाहीले मन्त्री भएको चार महिना समय मध्ये तीन महिना धार्मिक पर्यटनको विकासका लागि देशका गाउँहरूमा घुमिरहेको बताए । धर्मको नाममा कसैलाई गलत्याउन नहुने उल्लेख गर्दै उनले धर्मका नाममा राजनीति र राजनीतिलाई धर्मसँग तुलना गर्न नमिल्नेमा जोड दिए ।
पुराण अनुष्ठान भन्नासाथ स्थानीयसँग पैसा संकलन गर्ने संस्कृतिले हिन्दु धर्मलाई कमजोर पार्ने धारणा राख्दै मन्त्री शाहीले स्वत स्फुर्त रुपमा धर्मानुरागी बाट प्राप्त दानले मात्र सत्कर्म पछ्याउन सकिने उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीनकुमार विश्वकर्माले पुराण अनुष्ठानहरूले सामाजिकीकरण बढेको बताए । जातीय,धार्मिक र सामाजिक भेदभावको अन्त्यका लागि पुराणले जागरण ल्याएको उनको भनाई थियो ।
एकीकृत हातेमालो समाजको आयोजनामा भएको सप्ताह ज्ञान महायज्ञमा पण्डित बैकुण्ठशरण उपाध्यायले कथावाचन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर