RUMPUM
animated ellipse animated ellipse

रंगेली अस्पतालमा हाइड्रोसिल र हर्नियाँको निशुल्क अप्रेसन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७३, शुक्रबार १९:११
3
Shares
रबिन्द्र बराल
रंगेली, माघ २८ / रंगेली जिल्ला अस्पतालले हाइड्रोसिल र हर्नियाँको निशुल्क अप्रेसन सुरु गरेको छ ।
रंगेली नगरपालिकाको सहकार्यमा अस्पतालले शनिबार र आइतबार दुई दिन हाइड्रोसिल र हर्नियाँको निशुल्क अप्रेसन गर्ने थालेको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान घरानका डाक्टर रुपेशप्रसाद साह,डाक्टर अभिदल सानिहा र डाक्टर अजय चौधरीको सहकार्यमा दुई दिने निशुल्क अप्रेसन सुरु गरेका हो ।
रंगेली , अमरदह, कर्सियालगायतका १ सय ७० जना विरामीको अप्रेसन गर्ने रंगेली अस्पतालाका प्रमुख डाक्टर समिर पौडेलले जानकारी दिए ।
कार्यक्रममा रंगेली नगरपालिकाका अधिकृत गणेशबहादुर कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष शन्तोष साहलगायत राजनीतिक दलका व्यत्तिहरुको समेत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर