विराटनगर, माघ २८ / जिल्ला मालपोत कार्यालय विराटनगरले आजदेखि अनलाइन सेवा संचालनमा ल्याएको छ ।
छिटो छरितो एवम् पारदर्शी रुपमा सेवा प्रदान गर्न जिल्ला मालपोत कार्यालय विराटनगरले अनलाइनसेवा संचालनमा ल्याएको हो । भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अनलाइन सेवाको शुभारम्भ गरेका थिए । पहिलो चरणमा पाँचवटा गाउँ विकास समितिमा अनलाईन मार्फत सेवा शुरु गरेको हो । वुधनगर, मझारे,सिसवनी वडहरा,नोचा तथा पोखरिया गाउँ विकास समितिका सेवाग्रहीहरुले अनलाइन सेवा मार्फत जग्गा सम्वन्धी सेवाहरु पाउने कार्यक्रममा जानकारी दिइएको थियो ।
मोरङ जिल्लाका एक उपमहानगरपालिका सहित २८ वटा गाउँ विकास समितिमा सेवा पु¥याउदै आएकोमा पहिलो चरणमा पाचवटा गाउँ विकास समितिमा सेवा विस्तार गरिएको हो । वाकी गाउँ विकास समितिमा पनि यसै आर्थिक वर्षदेखि अनलाइन सेवा संचालनमा आउने सो कार्यालयले जनाएको छ । सेवा संचालनमा आएपछि जग्गापास, जग्गा लिखत तथा घरमा वसेर सहज रुपले आफ्नो नाममा रहेको जग्गाको विवरण हेर्न सकिने कार्यक्रममा जानकारी दिइएको थियो ।
यस अघि काठमाण्डौ सहित अन्य १२ वटा जिल्लाका मालपोत कार्यालयहरुमा अनलाईन सेवा संचालनमा आइ सकेका छन । कार्यक्रममा वोल्दै भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सेवालाई प्रभावकारी बनाउन मुलुकभरीका मालपोत कार्यालयमा अनलाइन सेवा संचालन प्रक्रियमा मन्त्रालय लागिरहेको वताए ।
भुमिसुधार व्यवस्था विभागका महानिर्देशक टिकाराम घिमिरेले अनलाइन सेवाले जग्गा सम्वन्धी किर्ते तथा जालसाची जस्ता काम नियन्त्रणमा आउने वताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले कर्मचारीहरुले अव छिटो छरितो रुपमा जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वुधनगर गाउँ विकास समितिका रामदेव मण्डल र रेवतीदेवी मण्डललाई विराटनगर मालपोत कार्यालयले पहिलोपटक अनलाइनसेवावाट सेवा प्रदान गरिएको थियो ।