विराटनगर, माघ २७ / विराटनगरमा कार्यालय स्थापना गरेर काम गरिरहेका अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा सुचनाको हक प्रयोग गरि सुचना माग गरिएको छ ।
अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको कार्य र खर्च विवरण सहित सुचनाको हक अभियान्ता राजु श्रेष्ठ र सञ्चारकर्मी हरि अधिकारीले सुचना माग गरेका हुन् ।
विराटनगरमा कार्यालय रहेका युनिसेफ, विश्व स्वास्थ्य संगठन, युएनएफसिओमा सुचना माग गरिएको हो ।
अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले सन २०१६ भित्र गरेको प्रशासनिक खर्चको विवरण, पूजिगत खर्चको विवरण सहित साझेदार संस्थाहरु विच भएका सम्झौता र खर्चको सम्पूर्ण विवरण माग गरिएको सुचनाको हक अभियान्ता राजु श्रेष्ठले जानकारी दिए । निवेदनमा सन २०१६ भित्र कार्यालयले सम्पादन गरेको कार्यक्रमहरुको विवरण, बर्षभरी कार्यालयले माग गरेको रकम र खर्च भएको शिर्षगत रकमको विवरण माग गरिएको हो ।