RUMPUM
animated ellipse animated ellipse

नायिका रिमाद्धारा सुपर मोडलका प्रतिस्प्रधीलाई तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७३, मंगलवार २०:१८
3
Shares
विराटनगर, माघ २५/ छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ काप्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् ।
विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी बन्द प्रशिक्षण तालिममा रिमाले प्रतिस्प्रधीहरुलाई तालिम दिएकी हुन् । बन्द प्रशिक्षणमा पुर्वका १४ जना किशोरी रहेको ए–वान इन्टरटेनटमेन्टका चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । प्रतियोगिताको फाईनल भने आगामी फागुनको दोस्रो साता हुने आयोजकले जनाएको छ ।
मंगलबार भएको बन्दप्रशिक्षणका क्रममा किशोरी कार्की, एश्वर्या खड्का, आस्मा देवले गीत र अभिनय गरेर मनोरञ्जनात्मक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर