AArya
RUMPUM
animated ellipse animated ellipse

२४ बालिकाको बेल विवाह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७३, सोमबार १६:४३
3
Shares
विराटनगर, माघ २४ / नेवारी संस्कार अनुसार २४ बालिकाको सामुहिक वेल विवाह गरिएको छ ।
विराटनगर झि पुचको आयोजनामा सोमवार २४ बालिकाको सामुहिक वेल विवाह गरिएको हो । नेवारी संस्कार अनुसार रजस्वला हुन भन्दाअघि नै बेल विवाह गर्नुपर्ने मान्यता छ ।
बेल विवाह गरेकी बालिकालाई पछि श्रीमानको मृत्यु भएपछि बिदुवा हुन पर्दैन । बालिकाको भगवानस“ग विवाह गर्ने धार्मिक मान्यता अनुसार शिवको प्रतिकको रुपमा बेलस“ग विवाह गर्ने चलन रहेको लोकेन्द्रकुमार मल्लले जानकारी दिए । रजस्वला हुन अघि बेजोडी अंक ५, ७, ९ वा ११ बर्षको उमेरमा बेल विवाह गर्ने संस्कार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर