विराटनगर, माघ २२ / लायन्स क्लव अफ विराटनगर मोरङको पहलमा नया लायन्स क्लव गठन भएको छ । शनिवार विराटनगरमा लायन्स क्लव अफ विराटनगर फ्यूजनको गठन भएको हो ।
नयाँ क्लवको प्रस्तावित अध्यक्षमा ठाकुरप्रसाद आचार्य छन् । त्यस्तै प्रथम उपाध्यक्षमा अमिस रेग्मी, द्धितिय उपाध्यक्षमा ताराबहादुर थापा र तृतिय उपाध्यक्षमा आशिस खनाल छन् । समितिको सचिवमा सेवक बजगाई र कोषाध्यक्षमा प्रविण दाहाल रहेका छन् । सेवाका हातहरु बढाउने उदेश्यले नया क्लव गठन गरिएको लायन्स क्लव अफ विराटनगर मोरङका अध्यक्ष डा.बालकृष्ण साहले जानकारी दिए ।
नव गठित क्लवका सदस्यलाई शनिवार ओरेन्टेशन गरिएको छ । कार्यक्रममा लायन्स क्लव ३२५ ए वान प्रथम भाईस गर्भनर लिला ढुङगेल, पूर्व गर्भनर भिम घिमिरे, कोषाध्यक्ष रेवती कार्की लगायतको उपस्थिती थियो ।