विराटनगर, माघ २२ ÷ आठौं हिसान स्पोर्टस् मिट अन्तरगत भलिबलको छात्रातर्फ रेड स्टार र छात्रतर्फ मोडर्न एराले उपाधि हात पारेको छ ।
उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा दिल्ली पब्लिक स्कूलको खेल मैदानमा शनिबार सम्पन्न छात्र भलिबलको फाइनल खेलमा मोर्डन एरा कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१७, २५–१६, १७–२५,२१–२५ र १५–९ कोे सेटले पराजित गरी उपाधि हात पारेकोे छ । लर्डबुद्ध कलेजका नविन कार्की उत्कष्ट खेलाडि घोषित भए ।
त्यैगरी छात्रातर्फको फाइन्ल खेलमा रेड स्टार कलेज पथरीले लर्डबुद्ध कलेजलाई २५–१९, १४–२५, १५–२५ र २०– २५ को सेटले पराजित गरी उपाधि हात पारेको छ । उत्कृष्ट खेलाडि रेड स्टारकी एलन राई घोषित भइन्