पुष्पराज थपलिया
विराटनगर, माघ २२ /आठौं हिसान स्पोर्टस् मिट अन्तरगत भिएको क्रिकेटको उपाधि मेरिल्याण्ड कलेजले हात पारेको छ । यो सँगै मेरिल्याण्ड कलेजले हिसानमा क्रिकेटमा ह्याट्रिक गरेको छ ।
मेरिल्याण्डले आज शनिबार वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेटको फाइनल खेलमो कान्तिपुर कलेजलाई ६७ रनले पराजित गरी उपाधि हात पारेकोे हो ।
उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा भएको खेलमा टस जितेर व्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । मेरिल्याण्डका विवश पण्डितले ४१ बलमा ६ चौका प्रहार गरी ५८, सतिस यादवले ३४ रन र सुमन विकले २९ रन बनाए । कान्तिपुरका हिमान्सु मण्डल,बब्लु राजवंशी र भिम मण्डलले २–२ विकेट लिएका थिए ।
जवाफमा १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको कान्तिपुरले १६ दशमलव २ बलमा सबै विकेट गुमाई ८२ रनमा सिमित भयो । कान्तिपुरका विवेक यादवले १८ रन र निरज साहले १५ रन बनाए ।
मेरिल्याण्डका म्यान अफ द फाइनल सुरज श्रेष्ठ र अश्विनी सिंहले ४–४ विकेट लिएका थिए ।
म्यान अफ द सिरिज शिक्षदीप कलेजका फिरदोस अन्सारी घोषित भएका थिए । उत्कृष्ट ब्याट्सम्यान मरिल्याण्डका सुमन विक तथा उत्कृष्ट बलर शिक्षादीपका अमृत सिंह घोषित भए ।