विर्तामोड, माघ १९ / आयोजक रमपम झापा–११ विर्तामोडमा जारी दोस्रो रमपम झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
बुधबार विर्तामोडका डोमालाल रंगशालामा भएको क्वार्टरफाइनल खेलमा झापाले पाहुना टोली सुदूरपश्चिमलाई ४–० को फराकिलो गोल अन्तर पराजित गरी सेमिफाइनको यात्रा तय गरेको हो ।
खेलको ३० औं मिनेटमा सुदूरपश्चिमका तर्फबाट आत्माघाती गोल भएपछि झापालाई पहिलो गोलको योगदान मिलेको थियो ।
विदेशी खेलाडी मार्टिनको प्रहार सुदूरपश्चिमका राकेश हमाललाई टच हुँदै गोलमा परिणत भएपछि झापाले गोलको खाता खोल्यो ।
दोस्रो हाफपछि झापा आक्रमक शैलीमा मैदानमा उत्रियो । त्यसपछि उसले लगातार ३ गोल र्गयो । दोस्रो हाफको ४६ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गरे ।
त्यस्तै, ४८ औं मिनेटमा मार्टिनले गोल गरे । मार्टिनको प्रहारमा सुदूरपश्चिमका गोलरक्षक थापा बिट भएका थिए । खेलको उत्तरार्द्धको ८८औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–० को अन्तरमा र्पुयाए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
बिहीबारको खेल मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच हुनेछ