विराटनगर,माघ १७ / विराटनगर – १२ मा रहेको मदरटेरेसा मेमोरिय बोडिङ स्कूलमा दुई दिने स्पोर्टस् मिट सुरु भएको छ ।
स्कूल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरि स्पोर्टस् मिट सुरु गरिएको हो ।
दुई दिन सम्म सञ्चालन हुने स्पोर्टस् मिटमा टेबल सकर, टेबल टेनिस, कबडि, ब्याटमिटन, एथलेटिक्स, भाले जुदाई, सटपुट, स्लोसाईकल रेस, भलिबललगायतका खेलहरु सञ्चालन भएको स्कूलका निर्देशक सञ्जय यादबले जानकारी दिए ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल अजय कुमार अधिकारीले बताए ।