AArya
RUMPUM
animated ellipse animated ellipse

पुलिसलाई हराउँदै एनआरटी अन्तिम आठमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार २१:१९
3
Shares
झापा, माघ १६ /न्यू रोड फुटबाल क्लब(एनआरटी) काठमान्डौं विर्तामोडमा जारि दोस्रो रमपम झापा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ ।
एनआरटीले विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेल निक्कै प्रतिष्पर्धात्मक खेलमा साविकको विजेता नेपाल पुलिस क्लब काठमान्डौंको चुनौतिलाई २–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
खेलको सुरुवातमा एनआरटीको तुलनामा नेपाल पुलिस क्लव बढी आक्रमक देखिन्थ्यो । ३१ औं मिनेटमा पुलिसका विक्रम धिमालले पहिलो गोल गरेका थिए ।
दोस्रो हाफमा एनआरटी लयमा फर्कियो । ९४औं मिनेटमा अशोक थापा मगरले एनआरटीका लागि गोल गर्दै खेललाई १(१ को बराबरीमा र्पुयाए ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि २० मिनेटको थपिएको समयमा एनआरटीले उत्कृष्ट प्रदर्शन र्गयो । १ सय ४ औँ मिनेटमा राज पौडेलले गोल गर्दै एनआरटीलाई जित दिलाए ।
खेलको म्यान अफ द म्याच एनआरटीका अशोक थापा मगर घोषित भए ।

सोमबारको खेल राष्ट्रिय खेलाडीले भरिएको हिमालयन शेर्पा क्लब काठमाडौँ र विभागीय टोली एपिएफबीच हुने अयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर