RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी महोत्सव – २०७३ सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार २०:५९
3
Shares
घनश्याम भण्डारी
उर्लाबारी, माघ १६ / मोरङको उर्लाबारीमा आईतवारदेखि उर्लाबारी महोत्सव – २०७३ सुरु भएको छ ।
स्थानिय उर्लाबारी फुटवल क्लबको आयोजनामा पूर्व बस स्टेण्ड छेउमा सुरु भएको महोत्सव आगामी १५ दिनसम्म चल्नेछ ।
उर्लाबारीमा अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्नका लागि रकम जुटाउने उदेश्यले महोत्सवको आयोजना गरेको उर्लाबारी फुटवल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए ।
आईतवार भएको मेला उद्घाटन कार्यक्रममा प्रमुख आतिथी राधिका मावि उर्लाबारी – ३ का पूर्व प्रधानाध्यापक नगेन्द्रलाल दास, सशस्त्र प्रहरी बेश क्याम्प उर्लाबारीका डिएसपी कृष्णबहादुर बस्नेत, नेपाली काँग्रेसका उर्लाबारी नगर सभापति बिरवल थापा लगायतले महोत्सव सफलताको शूभकामना दिएका थिए ।
खेलकुदको माध्यमबाट उर्लाबारीलाई पहिचान दिनेगरी अन्तराष्ट्रिय स्तरको फुटबल आयोजना गर्नलाई ३० लाखभन्दा बढी खर्च हुने भएकोले महोत्सवबाट सहयोग जुटाउन आयोजकले जनाएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, हाउजी बिंगो तबोला, रोटेपिङ, ड्रागन ट्रेन, नाउँ, रसियन झुला लगायतको खेल तमोसा राखिएको छ ।
महोत्सवमा माघ १७ गते गायक बाबु बोगटी र माघ १८ गते गायिका रजिना रिमालको प्रस्तुती राखिएको मेला व्यवस्थापक प्रदिप रणपहेलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर