रबिन्द्र बराल
रंगेली, माघ १६ मोरङ प्रहरी चौकी बबियाबिर्ताको भवन समुदघाटन पूर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरेले आज एक कार्यक्रम विच उदघाटन गरे ।
उदघाटन गर्दै प्रमुख घिमिरेले प्रहरी र जनता नङ र मासुको जस्तै सम्बन्ध रहेको बताए ।
एक्लैले समाजमा केही गर्न नसक्ने हुदाँ समाज समेत मिलेको खण्डमा समाजमा कुनै विकृती विसंगती तथा अपराध रोक्न प्रहरी सक्षम रहने धारणा व्यक्त गरे । प्रहरी चौकी बबियाबिर्ताको भवन समुदघाटन तथा हस्तान्तरण कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका भएका डिआइजी घिमिरेले प्रहरी र जनता भनेका एक आपसका परीपूरक हुन भन्ने बिचार राखे ।
सभालाई मोरङ एस.पी.सन्दिप भण्डारी,नेपाली काँग्रेस क्षेत्र नं.४ मोरङका सभापति सुमन कुवँर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय बासिन्दाको १६ लाख ६८ हजार रुपैयामा निर्माण गरिएको पक्की ३ कोठे र प्रतिक्षालय बनाएकोे भवन निर्माण समितिका सचिव दयासागर गौतमले जानकारी दिए ।
कार्यक्रम भवन निर्माण समितिका सभापति बिर बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।