AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन सम्बन्धि सवै विधेयक एकसाता भित्र पास हुने–सभामुख ओनसरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार १६:२०
3
Shares
फाइल तस्वीर
अनिल श्रेष्ठ
विराटनगर, माघ १५ /सभामुख ओनसरी धर्ती मगरले मुलुकलाई निर्वाचन प्रक्रियामा लैजान अव कुनै समस्या नरहेको वताइन् ।
विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसँग कुरागर्दै निर्वाचन सम्वन्धि दुइवटा विधेयक संसदवाट पास भई सकेको र वाकी चारवटा विधेयक एकसाता भित्र संसदवाट पास हुने भएकाले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई कुनै समस्या नहुने वताइन् ।
उनले निर्वाचन सम्वन्धि आवश्यक दुईवटा विधेयक पास भइसकेको र आगामी सोमवार संसदमा वाकी चारवटा विधेयक पास गराउने विषयमा दलहरुले छलफल अगाडी वढाइ रहेकाले त्यसपछी निर्वाचनको मिति घोषणा गर्न सरकारलाई कुनै कठिनाई नहुने बताइन् ।
सभामुख घर्तिमगरले निर्वाचनका लागी अव कानुनी अडचन नरहने भन्दै निर्वाचनको मिति तोक्न दलिय सहमती मात्र आवश्यक रहेको वताइन् ।
अहिलेको गतिरोध अन्त्यका लागी निर्वाचन घोषणा अगावै दलहरु विच संविधान संशोधन लगायतका विषयमा सहमती आवश्यक रहेकोमा उनले जोड दिइन् । आगामी २०७४ साल माघ भित्र तिनैतहको निर्वाचन गरिसक्नु पर्ने भएकाले दलहरु मिल्नुको विकल्प नरहेको उनको भनाई थियो ।
सभामुख घर्तिमगरले मधेशी मोर्चाले उठाएका मागहरुमा दलहरु सहमती नजीक पुगेको भन्दै राष्ट्र र जनताको हितका लागी दलहरुले अहिले लिइरहेको अडानवाट लाचिलो हुनुपर्नेमा जोड दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर