RUMPUM
animated ellipse animated ellipse

भन्सार क्षेत्रलाई विकसित र आधुनिक बनाउनु पर्नेमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०७३, बिहीबार १६:३९
54
Shares
विराटनगर, १३ माघ/ विश्वकै अर्थतन्त्रको मेरुदण्ड भन्सार भएको बताउँदै सरकारले भन्सार क्षेत्रलाई विकसित र आधुनिक बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ।
६५ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगरको रानीमा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले राजस्व चुहावट नियन्त्रण, व्यापार घाटा कम गर्ने र राजस्व संकलन वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले देशको मेरुदण्डको रुपमा रहेको भन्सार कार्यालयलाई व्यवस्थित र मर्यादित बनाउन आफूले पहल गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै भन्सार एजेन्ट संघ विराटनगरका कार्यावहाक अध्यक्ष नवलप्रसाद उपाध्यायले विश्वकै अर्थतन्त्रको मेरुदण्ड भन्सार भएको बताउँदै सरकारले भन्सार क्षेत्रलाई विकसित र आधुनिक बनाउनु पर्नेमा जोड दिए ।
भन्सारको पद्धति र प्रणाली सुधारमा तथ्यांक विश्लेषणलाई प्रवर्धन गर्न ‘प्रभावकारी सीमा व्यवस्थापनका लागि तथ्याङ्क विश्लेषण’ नाराका साथ भन्सार दिवस मनाइएको हो । दिवसका अवसरमा विराटनगरस्थित रानी भन्सार कार्यालयले पनि विविध कार्यक्रम गरेको छ ।

सोही कार्यक्रममा दिवसको अवसरमा ३ दिनदेखि आयोजित ब्याड्मिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ । १० गतेदेखि भएको प्रतियोगितामा पूर्व क्षेत्रीय प्रहरी गण रानीका तारा बस्नेत र शशी चौधरीले प्रथम उपाधि हात पारेका थिए । यस्तै भन्सार ब्याडमिन्टन क्लबका श्याम लामा र आशिष लामा द्धितीय भए भने सशस्त्र प्रहरी कंकालिनी माई टंकीका रामकुमार सिंह र दिलकुमार राईले तृतीयस्थान हासिल गरेका छन् ।

यस्तै दिवसकै अवसरमा बिहीबार भन्सार कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले सहभागीता जनाएको भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुंगानाले बताए । यस्तै कार्यक्रममा भन्सार कार्यालयका उत्कृष्ट कर्मचारीको रुपमा भन्सार अधिकृत चुडामणी कठेत, भन्सार प्रशासनका नायव सुब्बा अच्युतानन्द ढकाल तथा उत्कृष्ट भन्सार एजेन्टको रुपमा एजेन्ट संघका सचिव हरि प्रसाद ठाकुरलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर