विराटनगर/ होमियोप्याथिक चिकित्सवहरुले नेपाल होमियोग्याथिक मेडिकल काउन्सिल गठन गर्न माग गरेको छ । अल नेपाल होमियोप्याथिक एसोसिएसन पूर्वाञ्चल क्षेत्रीय समितिले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले काउन्सिल गठन गर्न माग गरेका हुन ।
कार्यक्रममा बोल्दै होमियोप्याथिक डाक्टर चन्द्रनारायण मण्डलले सरकारले होमियोप्याथिक उपचार पद्धतीको विषयमा चासो नदिँदा आफूहरु पीडामा परेको गुनासो गरे ।
नेपालमा भएको एक मात्रै पशुपति होमियोप्याथिक कलेज जिर्ण भएको, विराटनगरको नेपाल होमियोप्याथिक मेडिकल कलेज बन्द रहेको र भक्तपुरको भक्तपुर मेडिकल कजेल मृत अवस्थामा रहेको भन्दै होमियो चिकित्सकहरुले सरकारको आलोचना गरेका छन् ।
नेपालमा अध्ययनका लागि स्थापना गरिएका कलेजहरु बन्द हुदै गएको भन्दै पढेर बसेकाहरुका लागि उचित रोजगारी तथा व्यवसायीक सुरक्षा नभएको भन्दै उनीहरुले कार्यक्रममा दुःख मनाउ गरे ।