AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारत जान पनि अनुमति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७३, मंगलवार १९:५८
3
Shares
फाइल तस्वीर
काठमाडौं \ रोजगारीकालागि नेपालबाट भारत कती गएका छन भन्ने तथ्याङक छैन । रोजगारीकालागि भारत जादा कुनै अनुमति लिनु पर्ने थिएन तर अब भने रोजगारीका लागि भारत जान पनि नेपाली नागरिकले सरकारसँग अनुमति लिनुपर्ने भएको छ।
बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएसँगै भारत जाने नेपाली कामदारहरूले पनि सरकारसँग अनिवार्य अनुमति लिनुपर्ने व्यावस्था लागु गरिएको हो ।

मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन्।

भारतमा नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन्। अब भने भारतमा गएर काम गर्ने नेपालीहरुलाई बैदेशिक रोजगारीको मान्यता दिने प्रधानमन्त्रीले बताए।

बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएसँगै भारत जाने नेपाली कामदारहरूले पनि सरकारसँग अनिवार्य अनुमति लिनुपर्ने भएको हो। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य विमाबापतको रकम दोब्बर बनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य विमा बापतको रकम २० लाख रुपैयाँ पुर्‍याउने घोषणा समेत गरे । बैदेशिक रोजगारमा गएकाहरुले आफूहरुको जीवन जोखिम न्यूनिकरणका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्दै आएका थिए ।
नयाँ व्यवस्था अनुसार मृगौंला फेल, क्यान्सर जस्ता घातक रोग वापत पाँच लाख रुपैयाँ पाउने व्यवस्था गरिएको छ । सरकारको यो नयाँ व्यवस्थासँगै विदेशमा काम गरिरहेका कामदारले सम्बन्धित विमा कम्पनीबाट २० लाख रुपैयाँसम्म विमा रकम पाउनेछन ।
प्रधानमन्त्री दाहालले यो व्यवस्था फागुन १ गतेबाट लागू हुने स्पष्ट पारे। सरकारले यस अघि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई स्वास्थ्य विमावापत १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
सरकारले अव विमाको आय नोक्सानीवापत २ लाख, कामकै शिलशिलामा विदेशी भूमिका मृत्यु भएकाको क्रिया खर्च १ लाख, औषधि उपचार गर्नु परे १ लाख र शव नेपाल ल्याउन १ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
त्यसै गरी सरकारले रोजगारीका लागि भारत जाने सबै वालिग नागरिकहरुको विमा हुने व्यवस्थाका लागि गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्य दल बनाउने प्रतिवद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर