AArya
RUMPUM
animated ellipse animated ellipse

दोस्रो नगर कपमा वार्ड न. १ बिजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार १९:२९
3
Shares

गोपाल काफ्ले
पथरी, माघ १० /मोरङको पथरीमा जारी पथरीशनिश्चरे दोस्रो नगर कप २०७३ को सोमबार भएको खेलमा वार्ड न. १ विजयी भएको छ ।

बुद्ध युथ क्लब पथरीको आयोजनामा भएको खेलमा वार्ड न. १ ले वार्ड न. १३ लाई २ का विरुद्ध ५ गोल गर्दै पराजित गरेको हो । खेलको १० औं मिनेटमा वार्ड न. १३ का अजय धिमालले डिबक्स भित्र वार्ड न. १ का रबिन राईलाई फल गरेपछी पेनाल्टी मार्फत वार्ड न.१ का सुमन राईले गोल गरीे खाता खोले ।

दोस्रो हाफको ३५ मिनेटमा वार्ड न. १ का मनोज गुरुङले किपरलाई बिट गर्दै दोस्रो गोल गरे । खेलको ३८ मिनेट सुमन राईले थप १ गोल गर्दै खेल ३–० को अग्रता दिलाए । खेलको ४६ र ४९ औ मिनेटमा वार्ड न. १ का साईमन लिम्बुले २ गोल गर्दै आफ्नो टिमलाई ५–० को अग्रता बढाए ।

खेल एक पक्छीय भए पनि वार्ड न १ ले सुन्दर मैकाहरु को सदुपयोग गर्न सकेन । खेलको ५५ मिनेटमा वार्ड न.१ ले डिबक्स भित्र फल गरेपछि पेनाल्टी मार्फत १ गोल रबिन्द्र लिम्बुले १ गोल गरे । खेलको अन्तिममा लयमा आएको वार्ड न. १३ ले खेलको ६९ मिनेटमा अमित धिमालले अर्काे गोल गर्दै खेल २– ५ मा फर्काए ।

खेलको म्यान अफ द म्याच वार्ड नं. १ साईमन लिम्बु घोषित भए । मंगलबारको खेल वार्ड नं. २ र वार्ड नं. ८ बीच हुने आयोजक समितीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर