AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा औषधिको अभाव हट्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७३, आईतवार १६:४९
3
Shares
९ माघ,विराटनगर /मोरङ जिल्लामा ५ महिना भन्दा बढी सयमदेखि नेपाल सरकारले निःशुल्क रुपमा स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउदै आएको औषधिको अभाव हटेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको बजेटबाट टेण्डर प्रक्रिया गरी औषधि किनेको र केन्द्रले पनि केही सहयोग गरेपछि औषधि अभाव हटेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । अहिले मोरङका स्वास्थ्य संस्थाहरुमा नेपाल सकारले निःशुल्क उपलब्ध गराउदै आएको औषधिहरु पर्याप्त मात्रामा भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहेताले जानबारी गराए ।
नेपाल सरकारले ५८ प्रकारका औषधिहरु प्राथमिक स्वास्थ्य केन्द्र र ३५ प्रकारका औषधि स्वास्थ्य चौकीबाट निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ । मोरङमा ६० वटा स्वास्थ्य चौकी र ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । औषधि अभावका बिषयमा यसअघि पटक पटक समाचार प्रकाशित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर