RUMPUM
animated ellipse animated ellipse

विराट फेसन फेस्टको अडिसन सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०७३, आईतवार १६:२८
3
Shares
९ माघ,विराटनगर/ जुनजेली बुटिक बिराटनगरको आयोजनामा फागुन ३ अथार्त प्रेम दिवश(भेलेन्टाइन डे) को अवसरमा “विराट फेसन फेस्ट २०१७“ हुने भएको छ ।
फेसन शोको लागि शनिबार विराटनगरमा मोडलहरुको लागि अडिसन सम्पन्न भएको छ । विराटनगरको एसियाटिक होटलमा सम्पन्न अडिसनबाट छानिएका मोडलहरुले कार्यक्रममा प्रस्तुति दिने कार्यक्रमकी को–अर्डिनेटर मनिसा कार्कीले जानकारी दिइन ।
अडिसनमा कार्यक्रमकी अफिसियल कोरीयोग्राफर सिमा कर्ण , करिज्मेटिक एड्भान्टेजका अम्लेस कर्ण , जुनजेली बुटिककी निर्देशक सुनिता उप्रेती , मेकअप आर्टिस रक्तिम जोशी तथा ओबि मिडिया प्रालिका निर्देशक बिबेक दाहालले निर्णायकको भुमिका निभाएका थिए ।
कार्यक्रममा चर्चित कलाकारहरुको समेत प्रस्तुति हुने को–अर्डिनेटर कार्कीले जानकारी दिइन । कार्यक्रमको संचालन मधु खतिवडाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर