९ माघ,विराटनगर/ जुनजेली बुटिक बिराटनगरको आयोजनामा फागुन ३ अथार्त प्रेम दिवश(भेलेन्टाइन डे) को अवसरमा “विराट फेसन फेस्ट २०१७“ हुने भएको छ ।
फेसन शोको लागि शनिबार विराटनगरमा मोडलहरुको लागि अडिसन सम्पन्न भएको छ । विराटनगरको एसियाटिक होटलमा सम्पन्न अडिसनबाट छानिएका मोडलहरुले कार्यक्रममा प्रस्तुति दिने कार्यक्रमकी को–अर्डिनेटर मनिसा कार्कीले जानकारी दिइन ।