AArya
RUMPUM
animated ellipse animated ellipse

नगर कपमा वाड न. ११ को विजयी शुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७३, शनिबार १९:३०
3
Shares

गोपाल काफ्ले
८माघ,पथरी /बुद्ध युथ क्लब पथरीको आयोजनामा भएको पथरीशनिश्चरे नगर कप २०७३ को पहिलो खेलमा वडा नं. ११ बिजयी भएको छ ।

आज शनिबार भएको उदघाटन खेलमा वडा नं. ११ ले बडा नं. ४ लाई पेनाल्टी सुटआउटमा ५–३ गोलको अन्तरमा पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरीमा खेल टुङ्ग्यापछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । पेनाल्टी सुट आउटमा वडा नं. ११ का महेन्द्र मगर, भूपेन राई, समिर याक्खा, शम्भु राई र सन्दिप नेपालीले गोल गरेका थिए भने वडा नं. ४ का इच्छाराम मगर, हर्क भुजेल, नविन धिमालले गोल गर्न सफल भएका थिए । त्यस्तै मनोज विकको पेनाल्टी बाहिरीएको थियो ।

खेलको म्यान अफ म्याच वडा नं. ११ का भूपेन राई घोषित भए । आइतबारको खेल भने वडा नं. ५ र वडा नं. ९ बीच हुने आयोजक समितिका संयोजक विक्की राईले जानकारी दिए । नगरकपको प्रथम उपाधि रु. ३० हजार पथरीकै स्व. सइकुमार राई (सादु कान्छा) र स्व. देवीमाया राईको स्मृतिमा छोराहरुले प्रायोजन गर्ने भएको छ । दोस्रो पुरस्कार रु. १५ हजार पथरीकै स्व. अम्विका प्रसाद खनालको स्मृतिमा छोरा चन्द्र खनालले प्रायोजन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर