AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार विवेक र नरेन्द्र सम्मानीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७३, बुधबार २१:५२
3
Shares
५ माघ,लक्ष्मीमार्ग /सञ्चार क्षेत्रको बिकास र आफनो गाँउलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सञ्चारका माध्यायमबाट परिचित गराएको भन्दै पत्रकार विवेक मिश्र र नरेन्द्र बस्नेतलाई सम्मान गरिएको छ ।
नेपाल तरुण दल डाँगीहाटले आज बुधबार आयोजना गरेको बर्तमान राजनीतिक अबस्थामा तरुणहरुको भुमिका बिषयक अन्तरक्रिया र सम्मान कार्यक्रममा मिश्रलाई श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छदारले दोषल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका हुन ।
कार्यक्रममा डाँगीहाट गाबिसमा रहेर बिभिन्न क्षेत्रमा योगदान गरेका अन्य २१ जना बिशिष्ट ब्यत्तिहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा पुर्ब गाबिस अध्यक्ष नेकपा एमालेका अम्मर गुरुङ,समाजसेवी,धर्मराज राई,भैरब बहादुर राई,शसस्त्र प्रहरीका पुर्व डिएसपी बल बहादुर मगर,लक्ष्मी उच्च माबिका पुर्ब प्राचार्य हरिनारायण चौधरी,लिलानाथ ढकाल,खगेन्द्र गौतम,लोक बहादुर बस्नेत,बिवेक मिश्र,जगत बस्नेत,निन्दा थेबे,चुडादेबी ढकाल,राम कुमार खुदाङ,साहित्यकार धनजित पराजुली,भेषराज खडका,संगीतकार आनन राई,हिमांशु राय,खेलाडी मुकेश थापा,कलाकार गणेश लामा लगायत रहेका छन ।
नेकपा एमाले परित्याग गरेर आएका डाँगीहाट ५ का दुर्गा भण्डारी र तिर्थराज भण्डारीलाई अबिरमाला लगाएर पार्टी प्रबेश गराईएको थियो । कार्यक्रमले अग्रजहरुको सम्मान र भोलीका पिढीलाई थप प्रोत्साहनका लागी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिक्रम राईले जानकारी दिए ।
तरुणहरुको देशमा ठुलो भुमिका हुने भएकोले उनीहरुले यो देश हाँक्नुपर्नेमा बत्ताहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस डाँगीहाटका सभापति बद्री मण्डल,क्षेत्र नम्बर ३ का सचिब प्रेमराज माझी,महाभिबेशन प्रतिनिधि यज्ञ ढकाल,महासमिति सदस्यद्धय महेन्द्र सुवेदी,नगेन्द्र जमरकट्टेल लगायतले आफना धारणा राखेका थिए । तरुण दलका डाँगीहाट गाँउ सभापति कुमार (प्रकाश) राईको सभापतित्वमा भएको कार्यक्रममा सचिब अभिनय राईले स्वागत मनतब्य र केदारमणी पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर