AArya
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र मोरङ कलेज  उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७३, बुधबार १५:०३
3
Shares
५ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगितामा विजयी हुदै महेन्द्र मोरङ कलेज उपाधि नजिक प्रवेश गरेको छ ।

आज बुधबार भएको खेलमा महेन्द्र मोरङ कलेजले डिग्री कलेजलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिग्रीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ९ रन बनाएको थियो । जस्मा अजय राजवंशीले २६ रन, बिक्रम श्रेष्ठले नटआउट २० रन र कालिचरण यादबले १९ रनकोे योगदान दिएका थिए ।

महेन्द्र मोरङ अनिल यादबले ३ विकेट तथा नागेन्द्र कार्की र मनिस बस्नेतले २–२ विकेट लिएका थिए ।

जवाफमा १ सय १० रनको विजयी लक्ष्य पछ्याएको महेन्द्र मोरङले १८ दशमलव ५ बलमा ५ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । अनिल यादब र मुकुन्द यादब दुवैले नटआउट २८–२८ रन तथा राजु शर्माले १७ रनको योगदान दिए । डिग्रीका अजय राजवंशीले ३ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच महेन्द्र मोरङका अनिल यादब घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर