३ माघ,उर्लाबारीे / किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति उर्लाबारी—राजघाटको पाँचौ अधिबेसनले केशरमान राईको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
सोमबार यायोक्खाको भबन उर्लाबारीमा भएको अधिबेसनले उपाध्यक्षमा मानबहादुर चाम्लिङ राई ,महिला उपाध्यक्ष सरिता राई,सचिबमा नारायाण राई,सह—सचिबमा मिना राई र कोषाध्यक्षमा भीमबहादुर राई सर्बसम्मत चयन भएका छन् ।
त्यैसैगरी, सदस्यहरुमा नुतन राई, प्रभु राई,जेबी राई,चन्द्रबहादुर राई,बिरुहाङ राई,नायो राई,करुणेश राई,उर्मिला राई,लिला राई,शान्ता राई,निर्मला राई,भीमकुमारी राई,दिलकुमारी राई,धर्म लक्ष्मी राई र हरि साम्पाङ रहेका छन् ।
किरात राई यायोक्खा उर्लाबारी अध्यक्ष ममता साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा मोरङ जिल्ला अध्यक्ष नविन राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा २०७२ सालको एसएलसीमा उत्कृष्ट हुने सुनपकुबा माबिका बिद्यार्थी हुसन राई,मोरङ मोडल बोर्डिङ स्कुलका मोनिका राई र प्रशान्त राईलाई पुरस्कृत भए ।
संस्थामा योगदान पु¥याउने मेजर मानबहादुर राई,हर्कराज राई,दिगम्बीर राई,रामकुमार चाम्लिङ राई,रामकुमार राई ‘भोजपुरे’ ध्रुबकला राई,साबित्रि राई,सिता राई,मोहन राई,प्रमिला राई,चन्द्रकला राई र तारा साम्पाङ राईलाई सम्मान गरियो ।
सोहि कार्यक्रममा यले सम्बत ५०७७ को उपलक्ष्यमा शुभकामना आदान प्रदानका साथैं साकेला नृत्य प्रस्तुत गरिएको थियो ।