AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

२७ अर्ब मूल्यको बस्तु निर्यात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७३, सोमबार १९:२०
3
Shares
३ माघ, विराटनगर/ नेपालको पूर्वी नाकाबाट गत आर्थिक बर्षमा भारत लगायत तेस्रो मुलुकमा २७ अर्ब मूल्य बराबरको विभिन्न प्रकारका बस्तु निर्यात भएका छन् ।
सोमध्ये भारततर्फ २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७ सय रुपैया अर्थात ८७ प्रतिशत र तेस्रो मुलुक तर्फ ३ अर्ब ४८ करोड ५८ लाख ७३ हजार मूल्य बराबरको अर्थात १३ प्रतिशत बस्तु निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख कृष्ण रेग्मीले बताए ।
उनले ४ अबै ५९ करोड ६३ लाख २२ मूल्य बराबरको अलैची,४ अर्ब ७९ लाख ९८ हजार मूल्य बराबरको फलाम र फलाम निर्मित बस्तु,२ अर्ब ८५ कारेड ७८ लाख ९ हजार मूल्य बराबरको कपडाको धागो,२ अर्ब ८३ लाख ९१ हजार मूल्य बराबरको तयारी कपडा निर्यात भएको कार्यालयले जनाएको छ ।

यसैगरी २ अर्ब २२ करोड ८ लाख मूल्य बराबरको चिया,१ अर्ब ९४ करोड ९१ लाख ४० हजार मूल्य बराबरको जुटबाट निर्मित बोरा वा झोला निर्यात भएको छ । ९३ करोड १० लाख ३५ हजार मूल्यतामा तथा सोबाट निर्मित बस्तु निर्यात भएको कार्यालयले जनाएको छ । ३२ करोड ७८ लाख ४५ हजार मूल्य बराबरका प्लाष्टीकका बस्तु, ५६ करोड ४४ लाख बराबरको तयारी पोसाक,५४ करोड ७२ लाख चोकर ,४७ करोड मूल्य बराबरको चाउचाउ लगायतका सामाग्री निर्यात भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर