३ माघ,विराटनगर/ ओबि मिडिया प्रा.लि.ले नयाँ मोबाइल एप संचालनमा ल्याएको छ ।
सिटि एप नाम दिइएको उक्त एपमा बिराटनगरको सम्पुर्ण जानकारी पाउन सकिने जनाएको छ । कुनै पनि सहरको बारेमा पुर्ण जानकारी दिन मोवाइल एप ल्याएको ओबि मिडिया प्रालिका निर्देशक बिबेक दाहालले जानकारी दिए ।
एपमा विराटनगर सहरको सम्पुर्ण विवरण जस्तै स्कुल, कलेज , स्थानीय पसल, बैंक , होटेल, रेस्टुरेन्ट, विराटनगरका समाचार, मोरङका सरकारी कार्यालयहरुको विवरण गुगल म्याप सहित राखेको छ ।