AArya
RUMPUM
animated ellipse animated ellipse

र्यापर यमको अन्तिम संस्कार नेपालमा गरिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७३, आईतवार १५:२८
3
Shares

२ माघ, विराटनगर /शनिबार लण्डनमा आत्महत्या गरेका चर्चित युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को अन्तिम संस्कार नेपालमा गरिने भएको छ ।

यम बुद्ध शनिबार लण्डनस्थित आफ्नो बाथरुमा आत्महत्या गरि मृत भेटिएको थियो ।

पारिवारिक श्रोतका अनुसार बुधबार शवको पोष्टमार्डम पछि शवलाई नेपाल ल्याउन कानुनी प्रक्रिया शुरु गरिनेछ । राप्रपाका केन्द्रीय सदस्य अम्बिका अधिकारीका एक्ला छोरा यम बुद्ध लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका थिए ।

यमका पत्नी उर्मिला र दुई छोरीहरु पनि अष्ट्रेलियामा रहेका र उनीहरु पनि आजै काठमाण्डौ आइपुग्ने बताए । उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर