RUMPUM
animated ellipse animated ellipse

विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था साधारणसभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार २०:०३
3
Shares
२९ पुस, विराटनगर/ विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानी आयोजनाको १२ औं साधारणसभा विराटनगरमा आज सम्पन्न भएको छ ।
साधारणसभाका अवसरमा महिला जागृति वृद्ध आश्रमकी संचालिका भुवनेश्वरी आचार्य, पर्यावरण तथा वातावरण संरक्षणमा योगदान पु¥याउनु हुने छवीलाल रेग्मी, स्वर्गिय सोमनाथ घिमिरे, तथा जेष्ठ नागरीक भवकृष्ण नेपाललाई सम्मान गरिएको छ ।
यसैगरी संस्थाको वढि शेयर खरिदगर्ने सेयर सदस्य कविन्द्र तिम्सिना, तोयानाथ घिमिरे लाई दोसल्ला ओढाई कदरपत्रवाट सम्मान गरिएको थियो । उनीहरुलाई खानेपानी तथा ढलनिकास विभागका महानिर्देशक तेजराज तथा मानगढ खानेपानी उपभोक्ता समितिकी महासचिव दुर्गा चापागाईले सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामवहादुर घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । विराटनगरका उत्तरीक्षेत्रमा खानेपानी पु¥याउदै आएको मानगढ खानेपानी आयोजनावाट ३५ सय १६ घरधुरीमा खानेपानी पुगेको जनाइएको छ । ६४ किलोमिटर पाइपलाइन मार्फत स्वच्छ खानेपानी पु¥याएको योजनाले जनाएको छ । यसैगरी आयोजनाले खानेपानीलाई व्यवस्थित गर्न थप पाइपलाइन विछाउन लागेको र पाच स्थानमा नयाँ आयोजना निमार्ण भइरहेकोमा ७० प्रतिशत काम भइसकेको जनाएको छ ।
कार्यक्रममा वोल्दै विराटनगर उप–महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले , विराटनगरक्षेत्रका २५ प्रतिशत जनताले मात्रै धाराको पानी प्रयोगगर्न पाएको भन्दै सेवा विस्तागरगर्दे उपभोक्तालाई सन्तुष्ट हुनेगरी सेवा प्रदानगर्नेतर्फ आयोजना लाग्नुपर्ने वताए । संस्थाका उपाध्यक्ष तोयानाथ घिमिरेल संस्थाले गरेको गतिविधीको वारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर