RUMPUM
animated ellipse animated ellipse

नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गराइयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७३, शुक्रबार १९:१५
3
Shares
२९ पुस,विराटनगर/ एमाले मोरङको जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुलाई आज शुक्रबार पदस्थापन गराइएको छ । IMG_1023
विराटनगरमा हिजो राति सम्पन्न आठौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित विनोद ढकालसहित उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल र सहसचिव घना तामाङलाइलगायत विजय हुने सवैलाई आज एमाले पार्टि कार्यालयमा सम्मान गर्दै पदस्थापन गराइएको हो ।
विजयी सबै पदाधिकारीहरुलाइ पूर्व अध्यक्ष महेश रेग्मी, पूर्व सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित र एमालेका केन्द्रिय सदस्य जिवन घिमिरे लगायतले फुलमाला लगाइ सम्मान गरेका ।
निर्वाचनमा बिनोद ढकाले ५ सय ४० मत प्राप्त गर्दै महेश रेग्मीलाई पराजित गरेका थिए । रेग्मीले ३ सय ३४ मत प्राप्त गरेका थिए भने चार जना जिल्ला सदस्य बाहेक सबै पदमा ढकाल पक्षका विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर