RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसीजलाई कारण देखाउ आदेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०७३, बिहीबार २०:५४
3
Shares
२९ पुस, विराटनगर/ विराटनगर जेसीजको विवादको विषयमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ ।
कात्तिक २३ गते भएको निर्वाचन विधान विपरीत भएको भन्दै जेसी सुरेश कार्कीले परमादेशका लागि निवेदन दिएका थिए । अदालतले जिल्ला प्रशासन कार्यालयसहित निर्वाचन समिति समेतलाई कारण देखाउ आदेश जारी गरेको हो ।
विधानमा उम्मेदवार हुन ५० प्रतिशत कार्यक्रममा उपस्थित हुनुपर्ने, साधारण सभामा ५० प्रतिशत सदस्य सहभागी हुनुपर्ने, आचारसंहिता लागू भएपछि संगठनका नियमित कार्यक्रम गर्न नपाइने भएपनि गरेको भन्दै आफूले मुद्दा हालेको र आज फैसला भएको कार्कीले बताए ।
जेसीजले कात्तिक ३० देखि जेसीज सप्ताह गरेको थियो । अप्रिल ३० सम्म शुल्क बुझाएका मात्र सदस्य हुनुपर्नेमा सो नगरी पछि भएकालाई तीनजनालाई सञ्चालक समितिमा निर्वाचित गरेकोले बदर गरेको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर