AArya
RUMPUM
animated ellipse animated ellipse

थारु सामुदायले माघी पर्व विरोधको रुपमा मनाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७३, बुधबार १९:२७
3
Shares
२७ पुस, विराटनगर/ थारु सामुदायहरुले हर्षो उल्लासको साथ मनाउने माघी पर्व यस वर्ष आन्दोलनको रुपमा मनाउने तयारी गरेको छ ।

माघ २ गते मनाउने माघी पर्व मोरङका थारु सामुदायहरुले विरोधको रुपमा मनाउने तयारी गरेको हो । विराटनगरमा थारु महिला सभाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङको सिध्राहामा माघी पर्व मनाउने भएको सभाको अध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् । पर्वसँगै राज्यलाई थारु सामुदायको हकअधिकार स्थापित गर्न दबाव दिने खालको कार्यक्रम समेत गर्ने अध्यक्ष चौधरीको भनाई छ ।

पर्वमा चिछोरी भात, बयिया, भक्का, तिलवा लड्डु, भुजा लारु, माछालगायतको परिकार रहने भएको छ । त्यस्तै थारु सामुदायहरुको साँस्कृती नृत्य समेत प्रस्तुत हुने भएको छ । पर्वलाई थप मनोरञ्जन दिन झाकि नृत्य, गायन नाटकसमेत मन्चन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर