AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित दुई पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७३, मंगलवार २०:४६
3
Shares

२६ पुस, विराटनगर/ मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट सुनसरी इटहरी ६ बाँसबारी बस्ने २१ वर्षीय समिर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पासवानको साथबाट लागुऔषध एभिल ५० एम्पुल, डाईजोल्याब ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, नाईट्रोसन १०० ट्याबलेट र २ बोतल कोरेक्स बरामद गरेको छ । उनलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई सिमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङको हर्चनगढी ८ बाट प्रहरीले ६ बोतल कोरेक्स र ३० ट्यावलेट नाइट्रोसनसहित सोही ठाउँका २० बर्षीय भुपेन्द्रप्रसाद साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर