AArya
RUMPUM
animated ellipse animated ellipse

धुर्मुस-सुन्तलीले थाले मुसहर नमूना बस्ती निर्माण, महजोडीले गरे शिलान्यास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७३, सोमबार २०:०७
3
Shares
२५ पुस, महोत्तरी / धुर्मुस-सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण थालेका छन् ।
महोत्तरी, बर्दिवास नगरपालिका-२ स्थित मुसहर बस्तीमा नमूना बस्तीको सोमबार शिलान्यास गरिएको हो । हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् ।
बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि पुगेका थिए ।
शिलान्यास कार्यक्रममा मुसहर समूदायले धुर्मुस-सुन्तलीलाई अनुहार नै छोपिने गरी माला लगाइदिएर स्वागत गरेका थिए ।
dhurmus-sunatali
बस्ती शिलान्यास कार्यक्रममा हरिवंश आचार्यले सीताराम कट्टेल नेपाल आमाको सपुत भएको बताए । ‘यो भन्दाअघि सिताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम गर्‍यो,’ उनले भने, ‘अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्, यो संगै सिंगै देशमा खुसी छन् ।’
त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए । ‘पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुंदैनथ्यो’ उनको भनाइ थियो ।
madan-krishna-haribansha
कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए । ‘म पहिलोपल्ट पूर्वपश्चि राजमार्ग सरसफाइका लागि यहाँ आइपुग्दा निकै भक्कानिएको थिएँ । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमूना बस्ती बनाउन पोलिरह्यो,’ उनले भने ।
त्यसैगरी कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउँदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन् ।
यसैगरी अभियन्ता यादवले मुसहर बस्ती तराई-पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम भएकोमा धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए । ‘यो तराई- पहाडमा सद्भाव छर्ने काम हो,’ उनको भनाइ थियो ।
४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ । नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए ।
यसअघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयाँबाट निर्माण प्रारम्भ गरिएको उनको भनाइ छ । बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेका छन् ।
maha-jodi-at-mushar-basti
पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले १० लाख सहयोगको घोषणा गरेका छन् । बस्ती निर्माणका लागि मह जोडीले एक लाख सहयोगको वचनवद्धता व्यक्त गरेका छन् ।
शिलान्यास कार्यक्रममै कलाकार किरण केसीले रु १० हजार र पत्रकार राजकरण महतोले दशहजार पाँच रुपैयाा हस्तान्तरण गरे । ‘यो मानवता र सद्भावको कार्य हो,’ धुर्मुसले आग्रह गरेका छन्, “बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।
बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने धुर्मुस-सुन्तली फाउन्डेसनको लक्ष्य छ । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर