पूर्वाञ्चल खबर
२५ पुस,विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक सेवा केन्द्र तिनपैनीले पूर्वाञ्चल ब्यवस्थापन कलेजमा लागु औषध सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
कलेजका विद्यार्थीलाई जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले लागु औषधको परिभाषा, लागु औषध दुव्र्यसनी, कानूनी ब्यवस्था, लागु औषध र त्यसबाट हुने असरहरूको बारेमा जानकारी गराएका थिए ।
मोरङ जिल्लालाई लागु औषध मुक्त गराउन लागु औषध नियन्त्रण कार्यदल २०७३ गठन गरी ग्रामीण भेग सम्म बिस्तार गरी राखेको भण्डारीले बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनी मोरङका अध्यक्ष, मीना जोशी, जीवन दृष्टि सामुदायिक केन्द्रका प्रमुख जय देवकोटा लगायतले लागु औषध सम्बन्धी आफ्नो धारणा ब्यक्त गरेका थिए ।